Pages

Monday, October 12, 2015

असहज प्रतिबिम्ब

भित्रभित्रै गुम्सिएको आक्रोस र असहज दैनिकीको निरासाको बिच,

मैले मेरा मित्रहरुलाई तौलिए, गुण अवगुण केलाएँ।
केहि शब्द हिजोको मिठासमा खर्चिएँ, केहि उनका अनेपेक्षित सक्रियताको बिरोधमा खर्चिएँ।
केहि शब्द सुसुप्त मित्रको सुसुप्तताको उदाहरणमा खर्चिएँ, केहि फलानोको सक्रियतामा उनको सुसुप्तताको निरासामा खर्चिएँ।

तर,
मैले बिर्सिए,
मेरा बिभिषणहरु,
जसले सक्रियता र सुसुप्तताको पृष्ठपोषण गरे।
मेरा मिठास र बिरोध अनि उदाहरणियता र बिरोध दुबैका शब्द सम्प्रेषण गरे।
पारिबारिक सुचनाहरु अनुकुलता अनुसार सम्पादित प्रशारण गरे।
बिषयगत गहनताहरु क्षणिक लाभमा समर्पण गरे।
मित्रगत व्यवहारिक दायरा लत्याएर शासकिय दासत्व ग्रहण गरे।
पारिवारिक आपसी मनमुटाबलाई समाजिकीकरण गरी झगडामा रुपान्तरण गरे।

अाज,
म महसुस गर्दैछु,
त्यो जलिरहेको धानखेतको राप र ताप।
त्यो उमठिएको मकैबारी र कोदोको फोगोटाहरुको ऐठन।
त्यो परित्यक्त चौरीलेकको नैराश्यता र उत्पिडन।
त्यो धानखेतको तापमा चौरीलेकको पिडा।
त्यो मकैबारीको ऐठनमा धानखेतको चिन्ता।
त्यो चौरीलेकको नैराश्यतामा धानखेत र कोदोको फोगोटाहरुको सहयोगिता।

सायद,
मैले गर्न सकिन,
मैले मेरा लक्ष्मण र हनुमान तयार गर्न सकिन, कुम्भकर्णनै पनि बनाउन सकिन, र त बिभिषणहरुमात्रै निस्किए।
मैले मेरो परिवारमा सहभागिता र समावेशिता बिकास गर्न सकिन, स्वतन्त्रता र समानता नै पनि राख्न सकिन, र त विक्षिप्तता र कलुषताको रुप उजागर भयो।
मैले पारिवारिक स्वाधीनता र स्वाबलम्बन अंगिकार गर्न सकिन, श्रमशिलता, परस्पर सम्मान र आत्मियता नै पनि कायम गर्न सकिन, र त दासत्व र पराधीनताले ग्रसित गरायो।

मैले,
आजैसम्म पनि,
हामी र हाम्रो परिवार भन्न सिकिन,
म, मेरो र मेरा मा नै रुमलिए,
र त,
मेरो दुर्गुणको खोजी, म मित्रहरुको सक्रियता र सुसुप्ततामा खोजीरहेछु ।
पखाला लाग्दा म निको नभएकोमा जिबनजललाई गाली गरेर रुचाउँछु, तर जिबनजलमा सफा पानी मिसाउन ध्यान दिन चाहान्न।
बरु,
सोच्छु,
त्यो जिवनजलले मैले जस्तो सुकै पानि हाल्दा पनि किन काम गरेन ?

Friday, September 25, 2015

निजामती कर्मचारी अस्पतालमा निजामती कर्मचारी कै उपेक्षा

मिती: बुधबार, ०९ सेप्टेम्बर २०१५
समय: अन्दाजी बिहानको ११ बजे तिर
स्थान: निजामती कर्मचारी अस्पतालको ल्याब टेस्टहरुको रिपोर्ट लिने झ्याल। 

प्रसँग: म मेरी आमाको ल्याब रिपोर्टहरु लिनको लागी लामबद्ध थिए। लाईनमा मेरो अगाडी त्यस्तै अन्दाजी ६०‍-६५ बर्ष उमेरकी एक महिला हुनुहुन्थ्यो। रिपोर्टहरु दिनका लागि अन्दाजी २५-३० बर्षकी एक महिला ल्याब भित्रको झ्यालमा हुनुहुन्थ्यो। लाईनमा आवद्ध सेवाग्राहीबाट परिक्षणकालागी नमुना सँकलन गर्दा दिईएको  बारकोड सहितको रसिद लिई सोही बारकोडका आधारमा रिपोर्ट प्रिन्ट गर्दै दिने क्रम जारी थियो। 

अन्दाजी १.५ घण्टा लाईनमा बसिसके पछि म भन्दा अगाडी हुनुभएको महिलाको पालो अायो। बहाँले रिपोर्टका लागि पैसा तिरेको रसिद झ्यालमा दिनुभयो। 

ल्याब कर्मचारी: यो रसिद होईन, बारकोड सहितको अर्को रसिद दिनुहोस्।
सेवाग्राही: त्यो भनेको कुन चाँही हो नानी ? (यति भन्दै वहाँले आफ्ना झोलामा भएका निजामती अस्पतालका  सबै रसिदहरु निकाल्न थाल्नुभयो)
ल्याब कर्मचारी: मलाई थाहा छैन, उता सोधपुछमा गएर सोध्नुहोस्, यहाँ डिस्टर्ब नगर्नुहोस्। कस्ता कस्ता मान्छेहरु पनि आउछन् भने। 
सेवाग्राही: त्यस्तो नभन न नानी। म पनि रिटायर्ड कर्मचारी नै हुँ। ठिकै छ, म यति लामो लाईन बसेर आईसके, यहाँ खोज्न थाल्दा अरुलाई पनि कुर्नुपर्ला फेरी, यो रसिदमा पनि मेरो विबरण छदैछ, यसैबाट पनि रिपोर्ट त निस्कन्छ होला नि त, निकालिदिनुहोस् न त। 
ल्याब कर्मचारी: मिल्दैन, हुदैन। त्यो लिएर अाउनुहोस्, नत्र यहाँ डिस्टर्ब नगर्नुहोस्। खै उता हट्नुहोस् अरुलाई पालो दिनुहोस्।
सेवाग्राही: फेरी यत्रो लाईन बसेर अाउनु पर्दा त म आज डाक्टरसँगको समय गुज्रिसक्छ नि त। तपाईहरुको रसिद हराउदा कसरी दिनुहुन्छ त्यो प्रक्रिया पनि त होला, त्यसै अनुसार दिनु न त, यो रसिद छदैछ मैले पैसा तिरेको प्रमाण र तपाईको सिस्टममा भेटिएला नि त यो रसिद र मेरो यो कर्मचारी परिचयपत्रमा भएको विबरणको मान्छेले दिएको नमुनाको बारकोड कति हो भनेर। हेर्नुहोस्, फेरि १.५ घण्टा लाईन बस्नुपर्यो भने म यसै त बिरामी मान्छे झनै गार्हो हुन्छ नि न नानी।
ल्याब कर्मचारी: त्यो मेरो समस्या होईन। यहाँ डिस्टर्ब नगर्नुहोस्। खै उता हट्नुहोस् अरुलाई पालो दिनुहोस् नत्र म सेक्युरिटीलाई बोलाएर तपाईलाई निकाल्न लगाउछु। 
सेवाग्राही: नानी, त्यसो नभन्नुहोस् न। म तपाईको आमाको उमेरकी मान्छेलाई दया गर्नुहोस्। मैले आज डाक्टर भेट्न पाईन भने मलाई सार्है नै गार्हो हुन्छ नानी। बिसन्चो भएर नै त अस्पताल आएकी हुँ, नत्र को अस्पताल धाउछ र बिनाकारण ? 
ल्याब कर्मचारी: छिटो हट्नुहुन्छ कि सेक्युरिटीलाई बोलाँउ? भेटीएन भने फेरी पैसा तिर्नुहोस् अनि जाँच गर्नलाई फेरी नमुना दिनुहोस्। तपाई कागज नल्याउने अनि हामी किन खोजिरहने झन्झट बेहोर्ने ?

म ठिक्क पछाडि थिएँ। मैले, ति अामैलाई, खै त अामा झोला देखाउनुहोस्, त्यो बारकोड भएको रसिद त्यतै होला भनेर खोज्नमा सहयोग गर्दै थिए, ल्याब कर्मचारी कडकिईन्।

ल्याब कर्मचारी: अो दाई, तपाईको कागज दिनुहोस् छिटो। 
म: यो पैसा तिरेको रसिदमा पनि बिरामी नम्बर (Patient ID) छ, तपाईंले दिने रिपोर्टमा पनि  बिरामी नम्बर नै हुन्छ। त्यहि बिरामी नम्बरकै अाधारमा खोजेर वहाँको रिपोर्ट दिईदिनु न त। हेर्नुहोस, यत्रो लाईन फेरी बस्नु पर्यो भने त बहाँले अाज डाक्टर भेट्न सक्नुहुन्न। 
ल्याब कर्मचारी: तपाईलाई पनि रिपोर्ट नचाहिने भए उता हट्नुहोस्। यहाँ हाम्रो काम हामीलाई नसिकाउनुहोस्। कस्ता कस्ता मान्छे आउछन् भने। (अलि पर उभिएको सेक्युरीटी गार्ड तिर हेर्दै) अो सेक्युरीटी, वहाँहरुलाई हटाईदेउ त। 

ति बृद्ध अामै रुदै रुदै रित्तै हात त्यहाँबाट लागिन। 

निजामती कर्मचारी अस्पतालमा निजामती कर्मचारीले नै अर्को निजामती कर्मचारी त्यो पनि बिरामी माथी गर्ने व्यबहार यस्तो छ। 

लाईनमा पछाडी उभिएका एक बृद्ध भन्दै थिए, "यहाँ जहिले यस्तै हो, हामी कर्मचारीलाई नै त यस्तो व्यवहार गर्दछन् भने, सर्वसाधारणलाई कस्तो सेवा देलान्? भगवान् सँग मेरो यही प्रार्थना छ कि यी नानीले आफ्नो बुबा-अामालाई यहाँ जचाउन ल्याउदा वहाँहरुले यस्तै व्यवहार भोग्न नपरोस्। यी नानी भोली रिटायर्ड भएपछी बुढि भएर यहाँ आउदा यसै गरी रोएर फर्कन नपरोस्।"

Thursday, September 3, 2015

प्रधानमन्त्रीलाई खुल्ला पत्र: मेडिकल माफिया र सभासदीय अख्तियार दुरुपयोगको चरम नमुना #IamwithDrKC


प्रिय प्रधानमन्त्री शुशिल कोईराला ज्यू,

म यहि देशको एक नागरिक हुँ जहाँ डा. गोविन्द केसी जस्ता जिवन नै जनताको नाममा समर्पित गरेका डाक्टर बस्दछन्।

म आफै पनि एक स्वास्थ्य लापरवाहीको शिकार भईसकेको पिडित हुँ। यसर्थ हिजो संसदीय समितीमा डा. केदारभक्त माथेमाले भन्नुभए जस्तै, "कुनै नर्सले सातचोटिमा पनि एउटा सुई छिराउन सकेन भने के हुन्छ?" भन्ने पिडासँग अवगत छु।

पछिल्लो परिस्थितीमा डा. केसीको छैटौ अामरण अनसनका दौरान वहाँको विग्रदो स्वास्थ्यस्थितीमा तपाईँ समक्ष केहि जिज्ञासाहरु राख्न चाहान्छु।

१. यदी तपाईँलाई बोध छ कि तपाईँ र ६०१ सभासदहरु म जस्तै नागरिकको दैनिक कमाईको करबाट पोषित हुनुहुन्छ र यसकारण पनि हामीसँग जवाफदेहि हुनुपर्छ भन्ने लाग्छ भने डा. केसीले जनस्वास्थ्यको मुद्दामा छ-छ पटक अामरण अनसन बस्नुपर्ने अवस्था किन अायो? किन यो मुद्दा उठ्ने बित्तिकै यसमा केहि पहलकदमी चालिएन ?

२. संबिधानसभामा बसेर जनताले तिरेको करले तलब खाईरहेकै अवस्थामा व्यापार व्यवसायमा लाग्न पाईने कि नपाईने? पाईन्छ नै भने पनि;सभासदको पद धारण गरेर अाफ्नो व्यक्तिगत र व्यापारिक प्राथमिकता र पायक अनुसार दवाव सिर्जना गर्न कोशिष गर्नु अख्तियार दुरुपयोग हो कि होईन ? यस्तालाई कारवाहीको दायरामा ल्याउन तपाईँ के कारणले खुट्टा कमाईरहनु भएको छ? तपाईंको प्राथमिकता सभासदको लगानी हो कि जनताको स्वास्थ्य?

३. केदारभक्त माथेमा समितिको प्रतिवेदन कार्यान्वयनमा किन खुट्टा कमाउदैछ सरकार? यसको नियोजित उद्देश्य के हो? कि तपाईंले भन्न सक्नु पर्यो यि-यि कुराहरु सान्दर्भिक छैनन् यो-यो कारणले, यसकारण कार्वान्वयनमा जान सक्दैनन्। होईन भने नेपालका ति मुर्धन्य विद्वानहरुद्वारा तयार पारिएको प्रतिवेदन पुर्ण कार्वान्वयनमा जान नसक्नाका कारणहरु जनताले थाहा पाउनु जरुरी छन् कि छैनन् ? के सरकार यति बिघ्न अनुत्तरदायी तरिकाले चुपलागेर बन्न मिल्छ ?

४. सबै काम संसदले नै गर्ने भए अरु सँस्था किन चाहियो, अरु कार्यपालिका किन चाहियो, सबै बन्द गर्दिउँ; अनि सबै एक एक वटा समितीहरु बनाएर सभासदहरुले नै चलाउन्। फेरी सांसदहरु पनि होईनन्, सभासदहरु हुन्। जो अाफुले गर्छु भनेर सपथ लिएर गएको काम गर्ने क्षमता नभएर अहिले सम्म गर्न नसकेर संविधान अाउन सकेको त छैन। अरुले पुर्ण होमवर्क गरेर सम्पुर्ण तयारी गरेर प्रस्तुत प्रतिवेदनको मर्ममै हस्तक्षेप गर्ने कोशिष गर्छन् त्यो पनि अाफ्नो व्यक्तिगत प्राथमिकता र पायक अनुसार भएन भनेर।

५. अाफ्नो क्षेत्रमा बर्षौको अनुभबले खारिएका र सम्पुर्ण नेपालीहरुको बिश्वास कमाएका मुर्धन्य बिद्वानहरुद्वारा तयार प्रतिवेदनलाई चिरफार गरी कुन कार्वान्वयन गर्ने कुन नगर्ने भनेर निर्णय गर्ने तपाईँको समितीका सदस्यहरुको योग्यता के हो? यस बिषयको बिषयगत दक्षता के हो?

६. सभासद भएर आफुले जिम्मेवारी लिएको संबिधान बनाउने काममा असफल रहेका सभासदहरुको आजसम्म देशकै दक्ष सँस्थाको रुपमा रहेको चिकित्साशास्त्र अध्ययन सँस्थानलाई दवाव सिर्जना गर्न कोशिष गर्ने नैतिक धरातल के हो ?

७. कुन मापदण्ड पुरा गरेकोलाई सम्बन्धन दिने र कुनलाई नदिने भन्ने निर्णय गर्ने कार्याधिकार कसको हो? सँसदको कुनै समितिको कुन अाधारमा हो?

८. म पढाएर गुणस्तरीय जनसक्ति उत्पादन गर्न पाँउ, म प्रमाणपत्र बेचेर जनस्वास्थ्य माथि खेलबाड गर्दिन, यसको लागि उपयुक्त बातावरण पाँउ भन्नलाई पनि बारम्बार अामरण अनसन बस्नु पर्नै ?

तर यति कुरा सत्य हो कि म अाफ्नो शरिरलाई कुनै अदक्ष र पैसाको बलले बनाईएका योग्यता विहिन सिकारुहरुको लागि प्रयोगशाला बनेर अाफ्नो ज्यान जोखिममा राख्ने कुरामा कहिले पनि सहमत हुन सक्दिन। यो पनि सहि हो कि, मेरो उपचार गर्न म अरु कसैको रगत-पसिनाले अार्जेको करको रकम खर्च गरेर विदेश गएर उपचार गर्ने कुरा पनि मेरो मनले मान्दैन।

अब तपाईले निर्णय गरेर जनताको अगाडि खुल्ला घोषणा गर्ने बेला अाईसक्यो, तपाईँ डा. केसी र जनताको साथ हुनुहुन्छ कि मेडिकल माफिया र सभासदिय गरिमाको दुरुप्रयोग गर्नेहरुको दवावमा अाएर केसीको मृत्य्युको कामना गर्न अग्रसर हुन थालिसक्नु भयो।

हामिलाई डा. गोविन्द केसीको ज्यान प्यारो छ। उनि जनस्वास्थ्यको लागि राजनितिक संरक्षणको मेडिकल अपराध विरुद्ध लड्ने मषिहा हुन्।

त्यसैले, सबैको धैर्यको सिमा हुन्छ, कसैको भावनामाथी यति पनि नखेल्नुहोला। रबर पनि धेरै तन्कियो भने चुडिने अवस्यभावी छ।

#IamwithDrKC

Friday, September 7, 2012

In memory of a friend

Mobile on table

It is not my nature to leave you alone, 
neither I was so selfish to disappoint you;
but I could not help it further,
as it was supposed to happen exactly like this.

I still recall the day,
when you accept me as your integral,
holding me in your hands,
with those pleasant eyes,
with sense of pride;
right then, I was assured that,
you are the man of my life;
but, despite of our mutual trust,
I could not help it further,
as it was supposed to happen exactly like this.

I enjoyed your company,
throughout my life,
got cheered up along on your excitements,
cried on corner on your sorrows,
never denied your commands,
neither troubled you with overhead demands;
but, despite of our healthy relationship,
I could not help it further,
as it was supposed to happen exactly like this.

Travelling with you,
capturing wonderful moments,
making success stories,
getting updated with trendy talks,
all these made my life,
and it was made possible just because of you,
but, despite of your intimacy,
I could not help it further,
as it was supposed to happen exactly like this.

Your handling and care,
your protection from rain and snow storms,
it gave a life;
my gentle kisses to your ears,
was my honor;
Your warmness of lips,
was my reward;
but, despite of your kindness and care,
I could not help it further,
as it was supposed to happen exactly like this.

In a tribute to my Sony Ericsson W800i who gave me accompany from 2007 Aug and now suffering with some serious disease.

Friday, August 17, 2012

Excuse battle of a lazy blogger


It has been a while I completely forgot Just a Topic. It is not because I was completely occupied and even did not have a couple of minutes of leave short notes or quick updates, but it is because I was and is very lazy blogger who remembers to blog only when I have absolutely nothing else to do in order to kill the time. I browsed to my own blog a couple of time during this period, but never bothered to write a fresh post for it.

When I thought about drafting this post, I was completely fed up by watching TV for more than 6 hours, browsed through all of the social networking accounts that I had been subscribed to; went through the headline news from Curiosity to RONAST updates, Dr. Baburam Bhattarai’s resignation demand by opposition to US Presidential Election debates, Manmohan Singh’s corruption controversy to G4S failure on London Olympic; had chitchat with friends on Skype, GTalk, Facebook and also completed reading few of the technical articles. Now, my mind reminded me that there used to be a blog for which I hadn’t composed any post from at least one year or even more than that. Absolutely, what could be the better time for it to contribute than this one when I have no task at all to kill my time.

Also, my heart felt somewhat “sensible” to my readers whom I should explain about my absentees from the blog. My mind immediately reacted saying that where did it “Sensitivity” gone when you were disappeared from the blog for more than a year. Ultimately my heart won and convinced the mind that I must ask for forgiveness with some “reasonable excuses”.  I did not prefer to phrase it with ‘reasoning’ or ‘explanation’ or similar one but with “excuse”, because whatsoever I might explain it with; it is actually the excuse to hide my laziness.

Then, the mind and heart got engaged in an inconclusive debate of whether to present genuine and not genuine excuses with logical or illogical reasoning. Ultimately, I got them settled with the agreement that the list of excuses will be “inclusive” of both of their concerns. Seems like they also got influenced with current Nepalese political trend of being “inclusive” in one way or another and not to get it on compromising level and keep on insisting unless their opinion is heard, with no matter even if other party is much logical and also bringing the take that will eventually benefit both of the parties.
Once I began drafting the list of excuses, it kept on growing from tens to hundred and hundreds to thousand as the list is inclusively influenced by the personal and rivalry interest of both heart and mind. When one enforced to include the excuse stating post could not be composed due to busy schedule, another objected that it has nothing to do with busy schedule as composing a post is just matter of couple of minutes. Several excuses were brought to front, discussed, discussed and discussed but none of them led to agreement. The conflict rose because of the debate on using words of individual interests on phrasing the excuses. Sometimes it gave an impression that some of the excuses will be agreed and eventually the post will appear on blog, but it never happened as Kidney, Liver and Lung fueled the conflict by persuading conflicting bodies of their interests. The conflict started with logical debate. Gradually it took the shape of quarrel for personal interest protection. Eventually, they kept on insisting and led to deadlock to protect their individual egos with the fear of being tagged of the failure to establish their own interest. Ultimately, the list remained indecisive as nobody wants to give credit of the finalization of the list to either of the party even if the list may include the interest of all of them.

Meanwhile, nobody thought about me, the blogger, who is losing the face to its readers. I always thought that the blog had been deserted for a long because of my laziness. But now, with the inherent of my own inseparable heart and mind, I am forced to doubt whether it was my laziness or their dispute that prevented me to blog for a long period, keeping me in distant with my readers. 

Tuesday, January 31, 2012

Friday, October 29, 2010

Fragile poet portraits his delicate angel, The Vandana

Poet Santosh Kalwar signing the book
for reviewer.
To winter so painful and to summer so bring,
This life is not a distillation of black clouds. 
                      Suffering from The Vandana and Other Poems

With the bagful of 16 wonderful books of poems, writings and quotes; the poet Santosh Kalwar definitely makes his own dignified identity on literature as a rising poet.

When I got latest book entitled 'The Vandana and Other Poems', it dragged my attention with curiosity why Vandana is so near to the poet's heart that gave him the title of the book itself. Who is this Vandana? What is Vandana? Poet portraits it so beautifully on shaping his creation with distinct portraits of Vandana. 

Vandana, his love, poet dreams her as his angel:
She had beauty and charm
She was dream so vivid
She called,
Vandana 
                     Vandana from The Vandana and Other Poems

And, Vandana, as a prayer, poet draws his line of faith to worship his love on next poem The Vandana.

With the help of different 43 poems, Poet crafts his own melody of Vandana or Worshipfulness towards humankind and their social aspects. He praises womanhood with wise mind whether in the form of his love or in the form of motherhood. He satires social politics and warn uprising resultants of organized and intentional conflicts. He rejoices wonderful environment but also gets depressed with unfriendly culture and weather. The poet sounds so emotional, fragile and sentimental with his own words.

A reader enjoys the book The Vandana and Other Poems
The power of these stupidities
Will rise against all odds
We have divided ourselves
And we will kill each of us.
The days are coming soon.
I may no longer ever create art
Forgive me for whatever I have said or done
I am not who I claimed to be
                      Summer Song from The Vandana and Other Poems