Pages

Monday, October 12, 2015

असहज प्रतिबिम्ब

भित्रभित्रै गुम्सिएको आक्रोस र असहज दैनिकीको निरासाको बिच,

मैले मेरा मित्रहरुलाई तौलिए, गुण अवगुण केलाएँ।
केहि शब्द हिजोको मिठासमा खर्चिएँ, केहि उनका अनेपेक्षित सक्रियताको बिरोधमा खर्चिएँ।
केहि शब्द सुसुप्त मित्रको सुसुप्तताको उदाहरणमा खर्चिएँ, केहि फलानोको सक्रियतामा उनको सुसुप्तताको निरासामा खर्चिएँ।

तर,
मैले बिर्सिए,
मेरा बिभिषणहरु,
जसले सक्रियता र सुसुप्तताको पृष्ठपोषण गरे।
मेरा मिठास र बिरोध अनि उदाहरणियता र बिरोध दुबैका शब्द सम्प्रेषण गरे।
पारिबारिक सुचनाहरु अनुकुलता अनुसार सम्पादित प्रशारण गरे।
बिषयगत गहनताहरु क्षणिक लाभमा समर्पण गरे।
मित्रगत व्यवहारिक दायरा लत्याएर शासकिय दासत्व ग्रहण गरे।
पारिवारिक आपसी मनमुटाबलाई समाजिकीकरण गरी झगडामा रुपान्तरण गरे।

अाज,
म महसुस गर्दैछु,
त्यो जलिरहेको धानखेतको राप र ताप।
त्यो उमठिएको मकैबारी र कोदोको फोगोटाहरुको ऐठन।
त्यो परित्यक्त चौरीलेकको नैराश्यता र उत्पिडन।
त्यो धानखेतको तापमा चौरीलेकको पिडा।
त्यो मकैबारीको ऐठनमा धानखेतको चिन्ता।
त्यो चौरीलेकको नैराश्यतामा धानखेत र कोदोको फोगोटाहरुको सहयोगिता।

सायद,
मैले गर्न सकिन,
मैले मेरा लक्ष्मण र हनुमान तयार गर्न सकिन, कुम्भकर्णनै पनि बनाउन सकिन, र त बिभिषणहरुमात्रै निस्किए।
मैले मेरो परिवारमा सहभागिता र समावेशिता बिकास गर्न सकिन, स्वतन्त्रता र समानता नै पनि राख्न सकिन, र त विक्षिप्तता र कलुषताको रुप उजागर भयो।
मैले पारिवारिक स्वाधीनता र स्वाबलम्बन अंगिकार गर्न सकिन, श्रमशिलता, परस्पर सम्मान र आत्मियता नै पनि कायम गर्न सकिन, र त दासत्व र पराधीनताले ग्रसित गरायो।

मैले,
आजैसम्म पनि,
हामी र हाम्रो परिवार भन्न सिकिन,
म, मेरो र मेरा मा नै रुमलिए,
र त,
मेरो दुर्गुणको खोजी, म मित्रहरुको सक्रियता र सुसुप्ततामा खोजीरहेछु ।
पखाला लाग्दा म निको नभएकोमा जिबनजललाई गाली गरेर रुचाउँछु, तर जिबनजलमा सफा पानी मिसाउन ध्यान दिन चाहान्न।
बरु,
सोच्छु,
त्यो जिवनजलले मैले जस्तो सुकै पानि हाल्दा पनि किन काम गरेन ?

No comments:

Post a Comment

Spam and offensive messages will be deleted.